गोपाल काफ्ले
पथरी, माघ १८ /दोस्रो पथरीशनिश्चरे नगर कपको उपाधि वार्ड नं.२ ले जितेको छ ।
पञ्चायत मा. बि. को खेल मैदानमा मंगलबार भएको फाइनल खेलमा साबिकको बिजेता वार्ड नं. १ लाई टसको आधारमा पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
निर्धाति समयमा देवै टिमले ३–३ गोलको बराबरीमो खेल सकिए पछि खेल पेनाल्टी सुटआउटमा धकेलेको थियो । पेनाल्टी सुटआउटमा पनि निर्णय नभए पछि खेलको निर्णय सडनडेथमा लम्किएको थियो । सडनडेथमा पनि बराबरी भएपछि खेलको नतिजा नआएपछि टिम क्याप्टेन क्याप्टेन बीच पेनाल्टी हनाइयो । त्यसमा पनि बराबरी भएपछि खेलको निर्णय सिक्का पल्टाएर गरिएको थियो । सिक्का पल्टाउँदा वार्ड नं. २ विजयी बन्यो ।
बुद्ध युथ क्लबले आयोजना गरेको नगर कपको फाइनल खेलमा वडा नं.२ असिम राई म्यान अफ द फाइनल घोषित भए । यस्तै उत्कृष्ट गोलकिपर वार्ड नं. २ का सुरज बेघा, उत्कृष्ट डिफेन्डर वार्ड न.१ का मिन धिमाल, उत्कृष्ट मिडमिल्डर वार्ड नं. १ का साइमन लिम्बु, उत्कृष्ट फरवार्ड वार्ड नं. २ का र उच्च गोलकर्ता सुमन राई घोषित भए भने उदयमान खेलाडी वार्ड नं. २ का प्रदिप जवेगु, सर्वाेत्कृष्ट खेलाडी सुवास तामाङ, सर्वाेत्कृष्ट प्रशिक्षक वार्ड नं. २ का भिम श्रेष्ठ घोषित भए ।
विजयी हुने वार्ड नं. २ ले नगद ३० हजार प्राप्त गरे भने उपविजेता वार्ड नं. १ ले नगद. १५ हजारमा चित्त बुझाउन बाध्य भए । विजेता र उपविजेता दुवै खेलाडीहरुलाई प्रमुख अतिथि दिपेन्द्र धिमाल, अतिथिहरु धनकुमार तामाङ, उपेन्द्र कडेल, खगेन पुलामी लगायतले पुरस्कार प्रदान गरेका थिए ।