AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

किराँत याक्खा छुम्मा महानगरद्वारा देवान सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ कार्तिक २०७८, बुधबार १८:२२
468
Shares
विराटनगर / विराटनगर महानगरपालीका भित्र छरिएर बसोबास गर्दै आएका याक्खा समुदायले दिपावली, छठ तथा उद्यौली पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै देउसीभैलो कार्यक्रम गरेको छ ।

किराँत याक्खा छुम्मा महानगर कमिटि विराटनगरले आयोजना गरेको शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रममा विविध कार्यक्रम गरेर मनाएको छ ।

कार्यक्रममा किराँत याक्खा छुम्मा महानगर कमिटिका सचिव प्रेम देवान (लुङ्गा ) लाई सम्मान समेत गरेको छ । केही समय अगाडी नेपाल पत्रकार महासघ प्रदेश १ को प्रदेश परिषद सदस्यमा निर्वाचित हुनुका साथै किरात याक्खा छुम्माका गतिविधीलाई सञ्चार माध्यमबाट प्रचार प्रसार गर्नमा ठूलो सहयोगको भुमिका निर्वाह गरेको भन्दै देवानलाई सम्मान गरेको हो ।

देवानलाई किराँत याक्खा छुम्माका केन्द्रीय कोषाध्यक्ष तथा महानगर कमिटिका वरिष्ठ सल्लाकार भुपेन्द्र देवान र महानगर अध्यक्ष विनादेवी जिमीले खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए ।

यता याक्खा समुदायले देउसीभैलो कार्यक्रम समेत खेलेको थियो । देउसीभैलो कार्यक्रमबाट संकलित रकम विभिन्न सामाजिक कार्य तथा सस्थाको महत्वपुर्ण काममा प्रयोग गरिने किरात याक्खा छुम्मा महानगर कोषाध्यक्ष शर्मिला देवानले जानकारी दिइन्।

शुभकामना आदान प्रदान कार्यक्रमलाई किरात याक्खा छुम्मा केन्द्रीय कोषाध्यक्ष भुपेन्द्र देवान, सदस्य विमला लिम्वुखिम महानगर सल्लाकार मनोहर देवान , महानगर अध्यक्ष विनादेखी जिमीलगायतले आफ्ना मत्यव्यम राखेका थिए । उनीहरुले विराटनगरमा रहेका सम्पुर्ण याक्खा जाती अब एक जुट भएर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए । हाल विराटनगरमा २ सय बढीको संख्यामा याक्खा जातीहरु बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर