AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गणित समाजद्धारा मन्त्रीलाई बुझाए ज्ञापनपत्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० आश्विन २०७७, शनिबार १८:२६
801
Shares
विराटनगर / गणित समाज प्रदेश १ ले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउन हुँदैन भन्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

गणित समाज प्रदेशले आज मन्त्री घिमरेलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । निहित स्वार्थ परिपूर्तिका लागि विद्यार्थीलाई उत्तीर्ण गराउने मात्र उद्देश्य राखेर गणित विषयको महत्वलाई वेवास्ता गरी बिषय नै प्रतिस्थापन गर्ने दिशातिर सरकार उन्मुख भएको भन्दै समाजले केन्द्रको आन्दोलन कार्यक्रम अन्र्तगत प्रदेशका मन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेपाल गणित समाज प्रदेश १ का अध्यक्ष डा. मनोजकुमार राउतले जानकारी दिए ।

राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परीषदले हालै तैयार पारेको विद्यालय शिक्षाको प्रारुप–२०७६ प्रति समाजले गंभीर ध्यानाकर्षण भएको जनाएको छ । ‘कक्षा ११/१२ मा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई गणित अध्ययन गर्ने बारेमा अवरोध पु¥याउने रहेको देखिन्छ । विकसित मुलुकहरु ग्णितलाई कसरी सरल बनाउने र अधिक विद्यार्थीहरुको पहुचमा पु¥याउने भनि चिन्तन गरिरहेका छन् । हाम्रो जस्तो विकासोन्मुख मुलुकहरु पनि सोही सिको गरिरहेका अहिलेको विश्व परिवेशमा टेक्नोलोजीका कुरा गरेर नथाक्ने हाम्रा जिम्मेवार निकायहरु सीमित व्यक्तिहरुको घेराबन्दीमा र सर सल्लाहमा परेर एकातिर सर्वव्यापी बनाउनु पर्ने गणित माथि प्रहार गर्दैछन्,’ गणित समाजका अध्यक्ष राउतले हस्ताक्षर गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

भावी पुस्ताको शैक्षिक स्तर उठ्न नदिने सरकारी षडंयन्त्रको भन्डाफोर गर्न नेपाल गणित समाज, नेपाल गणित शिक्षा परिषद, नेपाल गणित केन्द्र, गणित विज्ञान ट्रस्ट, ओनिम्स, र म्याथम्याटिकल एसोशिएसन अफ नेपाल ले माइतिघर मण्डलामा शनिबार बिहान गरेको विरोध कार्यक्रम गणित समाज प्रदेश १ ले पनि ऐक्यबद्धता जनाएको अध्यक्ष राउतले जानकारी गराए । उनले प्रदेश १ ले पनि पाठ्यक्रम विज्ञान र प्रविधि मैत्री बनाउनु पर्ने र गणित जग बलियो बनाउने आवश्यक नीति निर्माण गरिनुपर्नेमा जोड दिए । शिक्षा मन्त्रालयको निर्देशनमा गणित र कम्प्यूटर साइन्सलाई कमजोर बनाउन खोजेकोमा प्रदेश न १, गणित समाजको आपत्ति रहेको विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर