RUMPUM
animated ellipse animated ellipse

मोरङको अम्लिसो तराई हुँदै भारतसम्म

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७३, मंगलवार २१:३३
3
Shares
अनिल श्रेष्ठ
विराटनगर,माघ १८ / घर आँगन सफा राख्न अम्लिसोको कुचो अनिवार्य बन्दै गएपछि यसको माग बढेको छ ।
माग बढेसँगै अहिले मोरङको उत्तरी गाविसका कृषकले नगदे बाली छोडेर व्यवसायिक रुपमा अम्लिसो खेती गर्दै आएका छन् ।
कुनै सयम विक्री नभएर चौपायको आहारा बन्ने अम्लिसो अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि मोरङको सिंहदेवी, याङ्गसिला, भोगेटनीका कृषहरुले मकै, कोदो उत्पादन हुने खेती मासेर अम्लिसो खेती गर्दै आएका छन् । ओरालो र भिरालो क्षेत्रमा राम्रो उत्पादन हुने अम्लिसोबाट किसानले आम्दानी राम्रो लिन थालेका छन् ।
कम खर्चमा धेरै आम्दानी हुन थालेपछि एकै जना कृषकले धेरै क्षेत्रफलमा अम्लिसो खेती गर्न थोलका छन् । वर्षमा एक पटक उत्पादन हुने अम्लिसो तराईको बजारसम्म पु¥याउन सके सजिलै बिक्री हुने भएकोले पहाडी गाउँका किसान यस खेतीमा आकर्षित भएको अम्लिसो खेती गर्दै आएका याङशिलाका कृषक काजिमान लिम्बूले बताए । एक सिजनमा २५ क्विन्टलसम्म अम्लिसो बिक्री गर्दै आएको कृषक लिम्बूले बताए ।
नेपाली बजारमा प्रतिकेजी ५० रुपैयाँको दरले विक्री हुने अम्लिसो ९० प्रतिशत भारतीय व्यापारीले खरिद गर्ने गरेका छन् । जिल्लाका उत्तरी पहाडी गाविसहरुमा उत्पादन हुने अम्लिसोको विक्री केन्द्र कृषकहरुले लेटाङ बजारलाई बनाएका छन् । गाडीमा लोड गरेर कृषकहरुले लेटाङ बजारसम्म अम्लिसो ल्याउने गर्दछन् ।

लेटाङमा रहेको विक्री केन्द्रबाट व्यापारीहरुले मोल गरेर खरिद गर्ने गरेको भोगेटेनीको अर्का कृषक खेमराज लिम्बूले बताउनुभयो । अम्लिसोमा नगरपालिकाले प्रतिक्विन्टल १ सय २५ रुपैयाँ निकासी कर लगाएको छ ।
भारतीय व्यापारीहरुले भने भारतसम्म पु¥याउँदा खरिद गरेकोभन्दा दोब्बर फाइदा हुने बताएका छन् । अम्लिसोको खरिद बिक्री केन्द्र लेटाङ्गबाट दैनिक २ सय देखी तीन सय क्विन्टलसम्म अम्लिसो बिक्री हुने गरेको छ ।
विक्री भएको अम्लिसो खरिद गर्ने अधिकांश भारतीय व्यापारीहरु हुने गर्दछन् । कृषक लिम्बूको अनुसार अम्लिसोको सिजनमा २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर