AArya
RUMPUM
animated ellipse animated ellipse

मदर टेरसामा स्पोर्टस् मिट सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७३, मंगलवार २०:०९
3
Shares
विराटनगर,माघ १८/ विराटनगर– १२ मा रहेको मदर टेरसा मेमोरिय बोर्डिङ स्कूलमा दुई दिने स्पोर्टस् मिट २०७३ भब्य कार्यक्रम गरि सम्पन्न भएको छ ।
स्कूल परिसरमा सोमबारदेखि सुरु भएको स्पोर्टस मिट मंगलबार एक समारोहको बिच सम्पन्न भएको हो ।
स्कूलले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै आएको अजय कुमार अधिकारीले जानकारी दिए ।
दुई दिन सम्म सञ्चालन भएको स्पोटर््स मिटमा १ सय मिटर रेस, २ सय मिटर रेस, ४ सय मिटर रेस, ८ सय मिटर रेस, सियो धागो, हाई जम्प, लङजम्प, सटपुट, ज्याभ्लिङ थ्रो, भलिबल, टेबलटेनिस, टेबल सकर, कक फाइट, स्याक रेस, बिस्कीट रेस, स्पोन रेस, म्यूजिकल चिर्यस, बेलुन ब्लास्टर, स्लो साइकल रेस, चोकोफन रेस, कबडी, हट पटेटो रेस, ब्याटमिटन प्रतियोगिता रहेको थियो ।
बिजय हुने विद्यार्थीहरुलाई स्कूलका निर्देशक सञ्जय यादव, प्रिन्सिपल अजय कुमार यादव (अधिकारी), स्कूलका सह प्रधानध्यापक सीता यादव, कार्यक्रम संयोजक नरेश यादव, शिक्षक शिला बस्नेत, प्रमिला भण्डारी, नितेस यादव, योगेन्द्र यादव, संगीता सिंह, रुपम झा, ज्योती ठाकुर, सोनु दास, जितेन्द्र यादव र वैधनाथ झाले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर