खबर पूर्वाञ्चल
तारिणीप्रसाद कोइराला स्मृती संचारग्राम संचालक समितिको वैठकले विराटनगर–४ स्थित खार्जीमा रहेको संचारग्रामवाट महानगर एफएमको प्रसारण आभरम्भ गर्ने निर्णय गरेको समितिका अध्यक्ष् ाएंव रेडियो नेपालका कार्यकारी निर्देशक वुद्धिवहादुर केसीले वताए ।
कार्यकारी निर्देशक केसीले रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृती संचारग्राम स्थापना तथा संचालन निर्देशिका–२०७८ मा भएको व्यवस्था वमोजिम महानगर एफएम प्रसारण आरम्भ गर्न लागेको र त्यसकालागि सम्पुर्ण तयारी पुरा भइसकेको वताए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पूर्वको साहित्य कला सस्कृति जर्गेना गदै गित संगीत रेर्कडिङकालागि स्थापना भएको संचारग्रामवाट महानगर एफएम प्रसारण हुनु खुशीको कुरा भएको उल्लेख गर्दै महानगर एफएमवाट महानगरको गतिविधीलगाय महानगरले गर्ने कार्यको सवै जानकारी महानगरवासीले अव सहजै पाउनेमा आफु विश्वस्थ्य रहेको उल्लेख गरे ।
विराटनगर महानगरपालिकाका उप–प्रमुख शिल्पा निराला कार्कीले महानगर एफएफ संचालनहुनलागेकोमाखुशिव्यक्तगर्दै संचारग्राममावाकि रहेका सवैकाम चाडै सम्पन्न गर्नुपर्नेमा जोड दिइन् ।
महानगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र पराजुलीले महानगरपालिका र रेडियो नेपाल विचको सम्झदारी पत्रमा उल्लेख भए अनुसार एफएम संचालन हुनलागेकाले त्यसकालागि महानगरपालिकाले हर प्रकारको सहयोग गर्ने वताए ।
तारिणीप्रसाद कोइराला स्मृती संचारग्रामका निर्देशक पुष्करराज गौतमले महानगर एफएम संचालकालागी रेडियो नेपालले प्राविधिक तथा सम्पुर्ण व्यवस्थापनको तयारी पुरा गरिसकेको वताए ।