पूर्वाञ्चल खबर
आईतवार राती ८ बजे मादक पदार्थ सेवन गरी २४ बर्षीय दिनेश ऋषिदेवले ५० बर्षीया आमा मिरा ऋषिदेवलाई धारिलो हतियार बन्चरोले शरिरका विभिन्न भागमा अन्धाधुन्द प्रहार गरी हत्या गरेका हुन् ।
मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । छोरा दिनेशलाई पक्राउ गरि घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।