AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नोबेलको ईमर्जेन्सी खुल्यो, राजीनामा दिएका नर्स काममा फर्किए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ भाद्र २०७७, शनिबार १९:१९
693
Shares
विराटनगर /विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको इमर्जेन्सी सेवा सुचारु भएको छ । अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केही दिनयता बन्द रहेको ईमर्जेन्सी सेवा आजदेखि पुनः सुचारु भएको हो ।

ईमर्जेन्सीबाट सबै किसिमका बिरामीको उपचार थालिएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । ‘केही दिन यता सेवा प्रभावित भएको थियो । अब ईमर्जेन्सीबाट पुनः सबै किसिमका बिरामीको उपचार थालेका छौ,’ निर्देशन नेपालले भने ।

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि बन्द भएको नोबेलले ओपीडी पनि अहिले खुल्ला भएको छ । ओपीडीबाट पनि नोबेलले बिरामीको उपचार गरिरहेको छ । यसैबीच केही दिन अघि सामुहिक राजीनामा दिएका नोबेलको ईमर्जेन्सी बिभागका नर्सहरु पनि काममा फर्किएका छन् । राजीनामा दिएका नर्सहरु र अस्पताल प्रशासनबीच भएको छलफलमा सहमति जुटेपछि २५ जना नर्सहरु काममा फर्किएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर