पूर्वाञ्चल खबर
नागपुर, माघ १६/ भारतले नागपुरमा भएको दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा पाहुना टोली इङ्ग्ल्याण्डलाई ५ विकेटले पराजित गरी ३ खेलको सिरिज १–१ को बराबरी ल्याएको छ ।
यस अघिे कानपुरमा भएको पहिलो खेलमा इङ्ग्ल्याण्ड ७ विकेटले विजयी भएको थियो ।
भारतीय कप्तान विराट कोहिलीको कप्तानीमा पहिलो पटक टी–२० क्रिकेट खेल जितेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु छालीले निर्धारित २० ओधरमा ८ विकेट गुमाई १ सय ४४ रन जोडेको थियो ।
भारतकालागि लोकेश राहुलले सर्वाधिक ७१ रनको योगदान दिए । इङ्ग्ल्याण्डका क्रिस जोर्डनले ३ विकेट लिएका थिए ।
जवाफमा १ सय ४५ रनको लक्ष्य पाएको इङ्ग्ल्याण्ड निर्धारित ओभरमा ६ विकेट गुमाई १ सय ३९ रनमात्र जोड्न सक्यो । इङ्ग्ल्याण्डका जोय रुट र ब्रेन स्टोकले समान ३८ रनको योगदान लिएका थिए । इङ्ग्ल्याण्डलाई समेट्ने क्रममा भारतका आशिष नेहराले ३ विकेट र जसप्रित भुम्बराले २ विकेट लिएका थिए ।