AArya
RUMPUM
animated ellipse animated ellipse

गुरुकुलमा फेरी ‘झ माने झन्डा’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७३, आईतवार २१:०३
3
Shares
तस्वीर- प्रेम लुङ्गा
विराटनगर १६ माघ / आरोहण गुरुकुल विराटनगरमा ‘झ माने झण्डा’ नाटक मञ्चन गरिएको छ ।
आरोहण गुरुकुलको आयोजनामा विराटनगर हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १५ गते देखि एक साता सम्म मञ्चन गरिने भएको हो ।
नाटककर्मी रामभजन कामतको परिकल्पना तथा निर्देशन तयार भएको नाटक केही दिनअघि पनि मञ्चन गरिएको थियो । १५ गते देखि २३ गते सम्म दैनिक अपराह्न साढे ४ बजे नाटक मञ्चन गरिदै आएको छ ।
नाटकमा वर्तमान नेपाली समाजको प्रवृत्ति र देशकाललाई मूल विषय बनाइएको निर्देशक कामतले बताए ।
युवा नाट्यकर्मी भरत कार्की, विकास पराजुली, राजेश ठाकुर, अशोक गौतम, गीता कोइराला, निदेश आचार्य, कौशिला कामत, सुवास विष्ट, अंकिता विश्वास, मनिषा मिश्र लगायत कलाकारले नाटकमा अभिनय गरेका छन् ।
नाटकमा प्रकाश तथा ध्वनि परिचालन सागर विश्वासले गरेका छन् । नाटकको टिकट दर एक सय र दुई सय रुपैयाँ रहेको छ । विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर