खबर पूर्वाञ्चल
यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । यस अघि विराटनगर– ९ मा २ जना, विराटनगर– ५ का १ जनाको मृत्यु भएको थियो ।
विराटनगर ५ का ५७ वर्षिय पुरूषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा बुधबार अपरान्ह ५ बजे मृत्यु भएको अस्पतालका डा. दिपक सिग्देलले जानकारी दिए । मृत्यु भएका पुरुष सोमबार असपताल भर्ना भएका थिए ।
मृतक नेपाल विद्युत प्राधिकरणका कर्मचारी भएको खुलेको छ । अस्पतालमा भर्ना हुँदै अक्सिजनको मात्रा ८४ प्रतिशत मात्र रहेकोमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ । मृतकमा श्वासप्रश्वास र सुगर रोगको समस्या थियो ।