AArya
RUMPUM
animated ellipse animated ellipse

दोस्रो नगर कपको फाईनलमा वार्ड न. १ र २ भिड्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७३, आईतवार १८:५५
3
Shares
गोपाल काफ्ले
पथरी, माघ १६/ मोरङको पथरीमा जारी पथरीशनिश्चरे दोस्रो नगर कप २०७३ को आईतबार भएको खेलमा वार्ड नं. १ विजयी भइ उपाधि नजिक पुगेको छ ।
बुद्ध युथ क्लब पथरीको आयोजनामा भएको अन्तिम सेमिफाईनल खेलमा वार्ड न. १ ले वार्ड न. ११ लाई १ का विरुद्ध ४ गोलले पन्छ्याउदै फाइनलको यात्रा तय गरेको छ ।
वार्ड नं १ ले मंगलबार हसने फाइनल खेलमा वार्ड नं २ सँग प्रतिस्पर्धा गर्ने छ । वार्ड नं. १ का सुमन राईले डिबक्स भित्र बाईसाईकल किक प्रहार गदै दोस्रो हाफको ४९ औं मिनेटमा गोल गर्दै खाता खोले ।
पहिलो हाफ गोल रहित बराबरी भए खेलमा दोस्रो हाफमा वार्ड न. १ ले निकै राम्रो खेल प्रदशन गरेको थियो । खेलको ५६ , ५८ र ६५औ मिनेटमा सुरज सिवा, सुमन राई र साईमन लिम्बुले गोल गर्दै खेल ४–१ मा पुर्याए । खेलको अतिरिक्त समयमा वार्ड न. ११ का दिपेश लिम्बुले सान्तवना गोल फर्काए । खेलको म्यान आफ द म्याच वार्ड नं. १ का मीन धिमाल घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर