AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा ४८ सहित प्रदेश १ मा थपिए ६१ संक्रमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ श्रावण २०७७, शनिबार १९:१८
9
Shares
विराटनगर / मोरङमा ४८ सहित प्रदेश १ मा आज थप ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङबाहेक सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् ।

मोरङको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १ महिला, इनरुवाका २ पुरुष, महोत्तरीका १ महिला १ पुरुष र सप्तरीका १ पुरुष कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजा ३ सय ८३ पुगेको छ । प्रदेश १ मा आज १ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आजसम्म ५१ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर