AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालमा मृत्यु भएका विराटनगरका पुरूषमा कोरोना देखियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ श्रावण २०७७, शुक्रबार २०:१४
9
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पतला आइपुग्दा आज मृत्यु भएको पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषलाई आज तीन बजे कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको परीक्षणमा मृतक पुरूषको कोरोना रिपोट पोजेटिभ आएको कोशी अस्पतलाका आइसोलेशन इन्र्चाज डा. लक्ष्मीनारयण यादवले जानकारी दिए ।

विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेको मृतकमा कोरोनासँग मिल्ने लक्षण रहेकोले स्वाब संकलन गरि परीक्षणको लागि ल्याबमा पठाएको थियो । ‘लक्षण मिल्न देखिएपछि हामीले स्वाब संकलन गरि परीक्षण गर्न पठाएका थियौं,’ उनले भने, ‘३ बजे आएको रिपोट अनुसार पोजेटिभ देखिएको छ ।’

कोशी अस्पतालमा यसअघि कोरोनाबाट संक्रमित भएका ३ जनाको मृत्यु भइसकेको छ । जसमध्ये विराटनगरका ५ र ९ को पुरूषको कोरोनाले मृत्यु भइसकेको छ । शुक्रबार मृत्यु भएको सँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर