AArya
RUMPUM
animated ellipse animated ellipse

भानु कलेजको वार्षिक उत्सव सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७३, आईतवार १५:०१
3
Shares
विराटनगर, माघ १६  / विराटनगर – १४ मा रहेको भानु कलेजको १२ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।
IMG_1818कलेजले विराटनगरको विरेन्द्र सभागृहमा आइतबार विविद्य कार्यक्रम गरी मनाएको हो । कलेजजले उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रम गरी उपस्थीती अतिथि तथा अभिभावकलाई मनोरञ्जन दिएका थिए ।
सोहि अवरमा शिक्षा क्षेत्रमा चर्चित रहेका तथा पदोन्नती भएका कलेजका संथापकहरु तथ शिक्षकलाई सम्मान गरीएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोकका अध्यक्ष प्रा.डा.बद्रिनाथ श्रेष्ठ, महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख प्रा. महेन्द्रनारायण यादव, हिसान मोरङका अध्यक्ष बलराम पन्त कलेजका प्रिन्सिपल देवेश प्रधान, संथापकहरु प्रा.डा. देवेन्द्र अधिकारी, आरसी कोइराला तुलसी खतिवडालगायतले बोलेका थिए । कलेजका अध्यक्ष महेन्द्र सिटौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर