खबर पूर्वाञ्चल
गत असारमा काठमाण्डौ बिश्वबिद्यालयबाट संचालित प्रथम बर्ष प्रथम सेमेस्टरको परीक्षाको नतिजा सार्वजनिक भएसगै विद्यार्थीहरुले यो सफलता प्राप्त गर्न सफल भएका हुन् ।
कलेजका विद्यार्थीहरु तुसार गणेश , कृतिज्ञा कटवाल , सुशान्त नेपाल , दीक्षा राई र गौरव दाहालले ४ जिपिए प्राप्त गर्न सफल भएका छन भने ८ जना विद्यार्थीहरुले ३.९ भन्दा बढी जिपिए ल्याएको र बाकी विद्यार्थीहरुले ३.२४ भन्दा माथि जिपिए ल्याएर उत्तीर्ण भएका छन् ।
यसरी उत्कृष्ट अङ्कसहित उत्तीर्ण तुसार गणेशले यो आफूहरुको मात्र सफलता नभएर कलेज प्रशासनको समेत महत्वपूर्ण योगदानका कारण आफुहरु सफल हुन सकेको बताए ।
त्यस्तै कृतिज्ञा कटवालले विद्यार्थी मैत्री सिकाइ वातावरण भएका कारण छोटो समयमा नै आफुहरुमा अध्ययन प्रती रुचि जागेको र कक्षाका सम्पुर्ण विद्यार्थीहरु उच्च जिपिएका साथ उतिर्ण हुन सफल भएको बताइन् ।
कलेजका कोअर्डिनेटर इन्जिनियर खेमनाथ खतिवडाका अनुसार काठमाण्डौ विश्वविद्यालयको उत्कृष्ट शिक्षण विधि तथा विद्यार्थीहरुको सामुहिक तथा ब्यक्तिगत मेहेनतका कारण ठूलो सफलता हात लागेको हो । साथै सुचना प्रबिधि बिषय प्रती विद्यार्थीहरुको उच्च लगावले गर्दा नतिजामा प्रभाव परेको उनको भनाइ छ ।
कलेजका प्रधानाध्यापक चिन्तामणी बस्नेतले जनाए अनुसार कलेजले गर्ने हरेक गतिविधिलाई प्रयोगात्मक कार्यमा बढी फोकस गरिएको छ । साथै विद्यार्थीको सिकाइका लागि आवश्यक भौतिक पूर्वाधारमा विशेष ध्यान दिएका बताए । काठमाण्डौ विश्वविद्यालयबाट समय समयमा आउने प्राध्यापकहरुको गाइडेन्स पनि सफलताको कडिका रुपमा स्थापित भएर पहिलो बर्षमा नै उत्कृष्ट नतिजा दिन सफल भएको उनले बताए ।
परीक्षा भएको एक महिना नबित्दै नतिजा आउनु पनि विद्यार्थीलाई थप हौसला मिलेको बस्नेतले जानकारी दिए। यो प्रथम सेमेस्टरको परीक्षाको नतिजाले एक खुड्किलो पार गरेको मात्रै हो र बाकी सेमेस्टरमा पनि अझ उत्कृष्ट नतिजाका लागि तयारी हुन समेत विद्यार्थीहरुलार्इ हौसला प्रदान गरेका छन्।
तपाईको प्रतिक्रिया