AArya
animated ellipse animated ellipse

मुख्यमन्त्री कार्कीको अभिव्यक्ति अपरिपक्व र हचुवा भएको निजामती कर्मचारी सङ्गठनको टिप्पणी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ माघ २०८०, बिहीबार १९:५४
216
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको अभिव्यक्तिको कर्मचारीहरूले विरोध गरेका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठनले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मुख्यमन्त्रीको अभिव्यक्ति अपरिपक्व र हचुवा भएको टिप्पणी गरेको छ ।

सङ्गठनका अध्यक्ष ओमराज सुवेदी र सचिव शालिग्राम कोइरालाले जारी गरेको विज्ञप्तिमा एक शैक्षिक कार्यक्रममा दिएको अभिव्यक्तिले सिङ्गो राष्ट्रसेवक क्षेत्रलाई दुखित बनाएको भनिएको छ । ‘प्रतिस्पर्धामा श्रेष्ठता खोज्ने हामी तमाम राष्ट्रसेवकहरू हजारौँको प्रतिस्पर्धामा आफूलाई अब्बल र श्रेष्ठ साबित गर्न सफल भएर राष्ट्र सेवाका विभिन्न तहमा बसी नागरिकको सेवा प्रदान गरी आएका छौँ, विज्ञप्तिमा भनिएको छ, योग्यता प्रणालीमा विश्वास गर्नेहरू प्रतिको मुख्यमन्त्रीज्यूको कोरा अपरिपक्व हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरूको शिर निहुरिएको छ ।’

कडा मेहनत र परिश्रमबाट प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्दै सार्वजनिक प्रशासनको मूल आधार स्तम्भ रहेको खरदार र सुब्बा तहका कर्मचारी राष्ट्रसेवकको उदाहरण दिँदै मुख्यमन्त्रीले व्यक्त गरेको विचार आफैँमा अपरिपक्व उन्मादपूर्ण कोरा अभिव्यक्ति भएको भन्दै निजामती कर्मचारी सङ्गठनले यस्तो नीच भनाई प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘कलिला स्कुले बालबालिकालाई अगाडी राखेर मुख्यमन्त्री कार्कीले दिएको यस्तो अभिव्यक्तिले बालबालिकामा कस्तो प्रेरणा मिल्छ होला, अघिल्लो बेन्चमा बसेर मेहनत गर्नेहरू खरदार मात्रै हुन्छन् पछिल्ला बेन्चमा बसेर लखुवागिरी गर्नेहरू मन्त्री, मुख्यमन्त्री बन्छन् भन्ने अभिव्यक्तिले बालबालिकामा कस्तो सन्देश प्रवाह हुन्छ? कर्मचारी सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर