AArya
RUMPUM
animated ellipse animated ellipse

भाइमसलाको आयातमा गिरावट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ कार्तिक २०७३, आईतवार २०:१२
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर विराटनगर भन्सार नाकाबाट तिहारका लागि चाहिने भाइमसलाको आयातमा यसवर्ष उल्लेख्य गिरावट आएको छ ।

विराटनगर भन्सार नाकाबाट गतवर्षको तुलनामा यसवर्ष १८ दशमलव ८ प्रतिशत मात्रै भाइमसाला आयात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

गतवर्ष ९ करोड ५९ लाख ८० हजार रूपैयाँको भाइमसला आयात भएकोमा यसवर्ष १ करोड ८१ लाख ६ हजार १ सय ७४ रूपैयाँ बराबरको मात्र आयात भएको छ । गतवर्ष २ करोड ८० लाख रूपैयाँ बराबरको काजु आयात भएकोमा यसवर्ष १ हजार ३ सय ९२ रूपैयाँको मात्र आयात भएको छ ।

त्यसैगरी किसमिस गतवर्ष १२ लाख ८० हजार रूपैयाँको आयात भएकोमा यसवर्ष ७५ हजार ७ सय ८२ रूपैयाँको आयात भएको छ । हाडे बदाम गतवर्ष ३ करोड ६६ लाख रूपैयाँको आयात भएकोमा यो वर्ष १ करोड ४१ लाख रूपैयाँको आयात भएको छ ।

त्यसैगरी पिस्ता गतवर्ष २ करोड १ लाख रूपैयाँको आयात भएकोमा यसवर्ष २२ हजार रूपैयाँको मात्र आयात भएको छ । यस्तै छोगडा गतवर्ष १ करोड ४५ लाख रूपैयाँ बराबरको आयात भएपनि यसवर्ष ३९ लाख ७ हजार रूपैयाँको मात्र आयात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

गतवर्ष भारतको नाकाबन्दी र मधेसवादी दलहरुको बन्दका कारण वीरगञ्ज नाका ठप्प भएकाले वीरगञ्जबाट आयात हुने सामान समेत विराटनगरबाटै आयात भएका कारण बढी आयात भएको देखिएको भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर