खबर पूर्वाञ्चल
लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ स्थित सुनसरी पेट्रोल पम्प सडक खण्डमा भारतीय नागरिक भारत बिहार राज्य अररिया जिल्ला जोगवनी १२ स्लामपुरका २० वर्षका तरीकवन अनवरलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका अनरवलले चलाएको साईकल रोकी शरीर खानतलासी गर्ने क्रममा साईकलको सिटमुनीबाट लागूऔषध खैरो हिरोईन ७ पोकामा ३५ ग्राम ५६० मिलिग्राम फेला पारी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भई रहेको मोरङ प्रहरीका डिएसपी लोक र्दशन थापाले जानकारी दिए ।

विराटनगर महानगरपालिका ६ का २० वर्षिय राज दास र सोही ठाउँका २० वर्षिय सुमित दासलाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । शंकास्पद रुपमा बाटोमा हिडिरहेको अवस्थामा उनीहरुलाई रोकी शरीर तलासी गर्ने क्रममा राजको साथवाट ६० चक्की लागू औषध नाइट्राभेट र सुमित दाशको साथबाट पनि ६० चक्की लागू औषध नाइट्राभेट बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।