AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

केराबारीको अध्यक्ष कार्कीमाथि खुकुरी प्रहार गर्ने ठकुरीको घरमा ब्राउन सुगर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ श्रावण २०७७, आईतवार १९:५०
3
Shares
विराटनगर / मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गर्ने अभियुक्तको घरमा प्रहरीले ब्राउन सुगर फेला पारेको छ ।

अध्यक्ष कार्कीमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका केरोबारी गाउँपालिका १० का ३२ वर्षिय भाले भनिने भवन ठकुरीको घर खानतलासी गर्ने क्रममा प्रहरीले ब्राउन सुगर फेला पारेको हो ।

ठकुरी सुत्ने कोठा भित्रको ओछ्यान मुनी प्रहरीले तीन ग्राम ब्राउन सुगरसहित अन्य लागूऔषधहरू पनि बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘घटना घटाएपछि प्रहरीले तत्काल पक्राउ गरेको ठकुरीको घर खनतलासी गरेको थियो,’ मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भने, ‘ठकुरी सुत्ने घरको काठको ओछयान मुनी लकाएको अवस्थामा प्रहरीले ब्राउन सुगर फेला परेको हो ।’

शुक्रबार दिउँसो ठकुरीले केराबारी गाउँपालिको उपाध्यक्ष शान्तकुमारी लिम्बु भुजेलको कार्यकक्ष भित्र अध्यक्ष कार्कीमाथि खुकुरी प्रहार गरि घम्भिर घाइते बनाएका थिए । खुकुरी प्रहार गरि टाउँको गहिरो चोट लागेको कार्कीको विराटनगरस्थित नोबेलम मेडिकल कलेजमा उपचार भइरहेको छ । पक्राउ परेका ठकुरीलाई प्रहरीले मोरङ अदालतमा ‘ज्यान मार्ने उद्योग र लागूऔषध मुद्दामा’ म्याद थप गरि अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर