विराटनगर, माघ १५ / नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले महेन्द्र मोरङ क्याम्पस सुधारकालागि ४८ घण्टे अल्टीमेटम दिएको छ ।
क्याम्पस प्रशासनलाई माग पत्र पेस गर्दै तत्काल सुधारको प्रकृया थाल्न ४८ घण्टे अल्टीमेटम दिएको हो ।
क्रान्तिकारी क्याम्पस इकाई समितिले विद्यार्थीलाई प्रविधि मैत्री सिकाई प्रदान गर्नु पर्ने माग सहित फ्रि वाईफाई जोन बनाउन माग गरेको छ । क्रान्तिकारीले क्याम्पसमा सञ्चालन हुने सम्पूर्ण कक्षाहरुलाई समय अनुसार परिमार्जन गर्दै पोजेक्टरका माध्ययमबाट अध्यापन गराउन माग गरेको हो ।
पूरानो ‘नोट’ का आधारमा अध्यापन गराउदा सिकाई उपलब्धी नभएको भन्दै तत्काल प्रोजेक्टरको माध्ययमबाट अध्यापन गराउन माग गरेको हो ।
क्याम्पस सुधारको माग गर्दै ज्ञापन पत्र बुझाउने क्राममा विद्यार्थीहरुलाई महेन्द्र मोरङको लोगो अंकित टिसर्टको व्यावस्था गर्नु पर्ने माग गरेको छ ।
क्याम्पस व्यावस्थापनको नाममा आर्थिक अनियमितता भएको भन्दै संगठनले पाच बर्ष यताको आयाव्याय सार्वजनिक गर्नु पर्ने, क्याम्पसले बढाएको १० प्रतिशत शुल्क खोरेज गर्नु पर्ने माग गरेको छ ।अनेरास्वयू क्रान्तिकारी महेन्द्र मोरङ इकाई अध्यक्ष अभिमन्यू यादवले क्याम्पस प्रमुख महेन्द्रनारायण यादवस“ग क्याम्पस सुधारका निम्ती ३१ बुदे माग पत्र पेस गरेका थिए ।