AArya
RUMPUM
animated ellipse animated ellipse

भानुमा रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७३, शनिबार १७:३६
3
Shares
विराटनगर,माघ १५/ विराटनगर–१४ मा रहेको भानु मेमोरियल उच्च माध्यमिक विद्यालयकोे स्थापनाको १२ औं वर्ष पुगेको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजले आज विराटनगरको ट्राफीक चौकमा गरेको रक्तदानमा ३७ प्रिन्ट रगत संकलन भएको कलेजका को–अर्डिनेटर आरसी कोइरालाले जानकारी दिए । कलेजले आइतबार विराटनगरको विरेन्द्र सभागृहमा वार्षिकउत्षव भब्य मनाउने तयारी गरेको छ ।
सो अवसरमा कलेजले कलेजमा आवद्ध शिक्षकमध्ये त्रिभुवन विश्व विदालयमा प्राध्यापक तथा उपप्राध्यापक पदमा पदोन्नति भएका, विद्यावारिधि हासिल गरेका साथै राम्रो नतिजा ल्याएर उत्तिर्ण गर्ने विद्यार्थी र भानु कलेजबाटै पास भएर विभिन्न क्षेत्रमा नाम कमाएर र सेवा पुर्याइरहेका विद्यार्थीहरुलाइ समेत सम्मान गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर