RUMPUM
animated ellipse animated ellipse

अभिनेता ताम्राकारले जन्मदिन आश्रममा मनाए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०७३, शुक्रबार २०:३४
3
Shares
विराटनगर, १४ माघ / अभिनेता तथा मोडल जतिन ताम्राकारले आप्mनो जन्मदिन विराटनगरको पुष्पलाल चोकमा रहेको महिला जागृति वृद्धाआश्रमका वृद्धाहरुसँग मनाएका छन् ।
आश्रममा रहेका वृद्धाहरुलाई आज भोजन गराएर आप्mनो जन्मदिन मनाएको अभिनेता ताम्राकारले बताए । पछिल्लो समय जन्मदिनमा मोजमस्ती गरेर जन्म दिन मनाउने प्रचल बढेको छ । तर, अभिनेता ताम्राकारले सामाजिक कार्यमा आफनो जन्मदिन मनाएका हुन ।
ताम्राकारले चैत ४ गते प्रदर्शनीमा आउने ‘यो साइनो मायाको’ बाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन । माया प्रेमको कथा बस्तु समेटिएको चलचित्र अहिले युवा पुस्ताको प्रेम कथालाई चलचित्रमा रोचक तरिकाले प्रस्तुत गरिएको छ ।
अभिनेता ताम्राकारलाई खबर पूर्वाञ्चलको तर्फबाट जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर