AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा २ संक्रमित थपिए, १० डिस्चार्ज

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ असार २०७७, शुक्रबार २०:०१
3
Shares
विराटनगर / प्रदेश १ मा आज २ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको बुढीगंगाका एक पुरुष र झापा दमककी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २ जना थपिएसँगै संक्रमितको संख्या ४ सय २२ पुगेको छ । प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरङका २ रहेका छन् ।

डिस्चार्ज हुनेमा ४ महिला र ६ पुरुष २१ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । आज डिस्चार्ज भएकाहरु जेठ २१ देखि २५ गतेसम्म अस्पतालमा भर्ना भएकाहरु रहेको कोशी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले जानकारी दिए । १० जना डिस्चार्ज भएपछि प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ सय ३४ पुगेको छ ।

विराटनगर, सुन्दरहरैचा र धरानमा अहिले १ सय ८८ जना उपचाररत छन् । कोशी कोभिड विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन सेन्टर सुन्दरहरैचामा ८५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर