पूर्वाञ्चल खबर
चैत ११ देखि जेठ १२ गतेसम्म प्रदेश १ मा २६ जनाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए ।
जेठ १२ गतेसम्म लकडाउन भएको ६१ दिन पुरा हुँदा सबैभन्दा बढी दुर्घटनामा परि मोरङमा ज्यान गुमाउनेको संख्या बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ । मोरङमा ८ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटना परि सुनसरीमा ६, झापामा ५, ताप्लेजुङमा २ र ओखलढुङगमा १ जनाको मृत्यु भएको हो ।
लकडाउन सुरु हुँदा सबैभन्दा बढी चैतमा दुर्घटनमा परि मृत्यु भएको छ । चैत महिनामा ९ जनाको मृत्यु भएको छ । यस्तै बैशाखमा ६ र जेठ १२ गतेसम्म ८ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
लकडाउनको समयमा सवारी दुर्घटनामा परि गम्भिर घाइते २९ जना भएका छन् भने सामान्य घाइते ८९ जना रहेका छन् । सवारी दुर्घटना हुने सबैभन्दा बढी मोटसाइकल रहेको एसपी दाहालले बताए । सवारी साधान अनयन्त्रित भइ दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।