AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्यकर्मिमाथि आक्रमण गर्नेलाई कारवाहिको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ जेष्ठ २०७७, शनिबार १२:३५
36
Shares
विराटनगर / विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट नागरीकहरुलाई बचाउन तथा सो रोगको नियंन्त्रण,संक्रमण रोकथाम तथा उपचारमा आफनो ज्यानको प्रवाह नगरी अग्रपंत्तिमा स्वास्थ्यकर्मिहरु माथि केही अराजक व्याक्तिहरुबाट अमानविय क्रियाकलाप तथा सांघातिक आक्रमणहरु प्रति अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ प्रदेश १ कमिटीको गम्भिर ध्यानार्कषण भएको जनाएको छ ।

विश्वव्यापि माहामारीको विषम परीस्थितिमा समेत आफनो ज्यानको प्रवाह नगरी नागरीकहरुको स्वास्थ्य सेवाको लागी खटिएका स्वास्थ्यकर्मीहरु माथि हिजो झापाको केर्खा स्थित वार्ड नं. ३ को कार्यालयमा रहेको क्वारेन्टाइन व्यवस्थापन फाँट नजिकै स्थानिय लालीमा सेकेण्डरी स्कूलका प्रिन्सिपल गौरीमान फागो सहीतका केही अराजक व्यक्तिहरुबाट स्वास्थ्यकर्मीहरुलाई अभद्र व्यवहार,गालिगलौज हप्कीदप्की गर्दे आक्रमणको प्रयास भएको तथा यस अघि डोटि,बैतडी,रौतहट,सुनसरी र नेपाल मेडिकल कलेज तथा देशका विभिन्न स्थानका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु माथि भएका सांघातिक आक्रमणहरुको अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ प्रदेश १ कमिटी आक्रमणकारीलाई कारवाहिको दायरामा ल्याउन सरकारसँग माग गर्दै उक्त घटनाहरुको निष्पक्ष छानविन गरी तुरुन्तै दोषीहरुमाथि हदै सम्मको कारवाहि तथा स्वास्थ्यकर्मीहरुलाई उचित न्याय दिलाई स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभुति सहीत निर्वाधरुपमा काम गर्ने वातावरण सृजना गर्न सरकारसँग मागर गरिएको अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघकी केन्दीय उपाध्यक्ष अन्जना पोखेरेलद्वारा प्रेसित विज्ञप्तीमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर