AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आज थप २२६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ सय नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ जेष्ठ २०७७, सोमबार १६:५१
3
Shares
विराटनगर, / नेपालमा  आज थप  २ सय २६  कोरोना संक्रमित थपिएक छन्  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता २ सय २६ जनामा कोरोना देखिएको हो । यो वृद्धि अहिलेसम्मकै बढी हो । जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता विकास देवकाेटाका अनुसार झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको हाे ।

संक्रमित मध्यये २ सय २१ जना काेराेना जितेर घर फर्किएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर