पूर्वाञ्चल खबर

पोखरिया माविले विहिबार नयाँ भर्ना भएका विद्यार्थीलाई लकडाउनमा प्रवेश परीक्षा लिए पछि विवादमा आएको पोखरिया स्कूलको बारैमा निजि तथा सामुदाकि स्कूलविच आरोप प्रत्यारोपमा उत्रेका छन् ।
पोखरिया माध्यमिक विद्यालय विराटनगरको नाम जोडी संस्थागत विद्यालयसँग आवद्ध संघ संस्थाहरुले प्रेस विज्ञप्ति निकालेको भन्दै शिक्षक महासंघ र अभिभावक संघले असन्तुष्टि व्यक्त गर्दे आज अर्को प्रेस विज्ञप्ति जारी गरेको हो ।
‘पोखरिया माध्यमिक विद्यालय विराटनगरको नाम जोडी सम्पूर्ण सामुदायिक विद्यालयलाई नै होच्याउने र अपमान गर्ने गरी संस्थागत विद्यालयसँग आवद्ध संघ संस्थाहरुले निकालेको प्रेस विज्ञप्तिप्रति नेपाल शिक्षक महासंघ विराटनगर महानगर समिति र सामुदायिक विद्यालय अभिभावक संघको गम्भिर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ, ‘साथै संस्थागत विद्यालयहरुको माग र आवजलाई मात्र मुखरित गर्ने गरी प्रस्तुत हुँदै आएका अन्य अभिभावक संघ समेतको प्रस्तुतिप्रति हामी दुःख प्रकट गर्दछांै ।’
दुवै संस्थाले स्वच्छ प्रतिस्पर्धा, सहकार्य र समझदारीवाट अगाडि बढ्नु पर्नेमा त्यसो नगरी शिक्षा प्रदान गर्ने जिम्मेवारी आफ्नो मात्रै हो भन्ने ढंगले एक आपसमा आक्षेप लगाई मैदानमा उत्रने संस्थागत विद्यालयह?को प्रतिनिधिमूलक संस्थाहरुको क्रियाकलापप्रति सचेत पनि गराएको छ । कोही कसैले पनि सामुदायिक विद्यालयलाई होच्याउने कार्य नगर्न, नगराउन ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा सामुदायिक तथा संस्थागत विद्यालय शिक्षाका दुई अभिन्न अंग हुन भन्ने कुरालाई राम्ररी वुझेको उल्लेख छ ।
‘हाम्रो इमान्दारितालाई गलत ढंगले नलिइयोस भन्ने हाम्रो चाहना हो । अरुलार्ई कानुको मर्यादा र सर्वाेच्चता सिकाउनेले आफ्नो क्रियाकलापको आत्ममूल्याङ्कन गर्न समेत कडा रुपमा ध्यानाकर्षण गराउदछौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘संयमता कायम गरी सहकार्यलाई अगाडि बढाउन समेत सम्बद्ध सबैलाई अपिल गर्दछाँै ।’
विज्ञप्तिमा सामुदायिक विद्यालय अभिभावक संघ विराटनगरका अध्यक्ष कृष्णप्रसाद गौतम, नेपाल शिक्षक महासंघका अध्यक्ष कुमार खतिवडा र सचिव डेककुमार बाँस्तोलाले हस्ताक्षर गरेका छन् ।
यसअघि लकडाउनको उल्लंघन गर्दै विराटनगरस्थित पोखरीया माध्यामिक विद्यालयले विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको आरोप लगाउँदै नीजि विद्यालय संचालकहरुको संगठन प्याब्सन र एनप्याब्सनले विज्ञप्ति निकाल्दै कारबाहीको माग गरेको थियो । त्यसको भोलिपल्ट पोखरिया स्कुलका तर्फबाट प्रवेश परीक्षा नलिएको भन्दै प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईविरुद्ध कडा विज्ञप्ति जारी गरेको थियो ।
लगत्तै शनिबार निजी विद्यालयहरुसँग सम्बद्ध विभिन्न ४ वटा संगठनले एकै स्वरमा पोखरिया स्कुललाई कारबाहीको माग गर्दै वक्तत्व दिएपछि विवाद अझै बढेको थियो । त्यसको भोलिपल्ट आज विज्ञप्ति निकाल्दै शिक्षक महासंघले सामुदायिक विद्यालय वि?द्ध जथाभावि वक्तव्यबाजी नगर्न निजी विद्यालयका संचालकह?को संगठनहरुलाई चेतावनी दिएको हो ।