RUMPUM
animated ellipse animated ellipse

जनताले संशोधन होइन, निर्वाचन चाहेका छन् – नेता खनाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७३, बिहीबार २१:३०
3
Shares
फाइल तस्वीर
इलाम, माघ १३/ नेकपा एमाले का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तीनैतहको निर्वाचन सम्पन्न गर्न एमालेले सरकारलाई दबाब दिइरहेको बताएका छन् ।
सूर्योदय नगरपालिकामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले भने, “संविधान संशोधनभन्दा पनि निर्वाचनको मिति चाँडै तोक्नुपर्छ, जनताले निर्वाचन चाहेका छन्, संशोधन होइन ।”
अबको निर्वाचनबाट एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै उनले एमालेलाई पहिलो पार्टी बनाउन कार्यकर्तालाई निर्देशन दिए। पर्यटनका अनेकौँ सम्भावना बोकेको इलामलाई देशकै नमुना जिल्ला बनाउन एमालेले पहल थालेकोसमेत उनको भनाइ थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर