AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लकडाउनले अप्ठयारोमा परेका अपांगहरूलाई युवा नेता वोसिम आलमको नेतृत्वमा राहत वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ जेष्ठ २०७७, बिहीबार १९:०७
3
Shares
विराटनगर / कोरोना महामारीका कारण भएको लकडाउनमा समस्या परेका विराटनगरका विपन्न १० जना अपाङ्गतालाई राहत वितरण गरिएको छ ।

विराटनगरको ट्राफिक चौकमा रहेको रोयल बिर्यानी हाउससँगको सहकार्यमा युवा नेता वोसिम आलमको नेतृत्वमा विराटनगरका युवाहरुले आज चामल, राजमा, नुन, तेल लगायतका समाग्री वितरण गरिएको हो ।

युवा नेता वोसिम आलमको अनुसार लकडाउनका कारण अप्ठयारोमा परेको भन्दै संजय थापाले फोन गरेपश्चात उनीहरुलाई केहि दिनका लागि भए पनि सहयोग पुग्छ भन्ने उद्देश्यले राहत वितरण गरीएको हो ।

उनले भने यस्ता खाल्का विषयमा सरोकारवालाको ध्यान जान पर्नेमा आजसम्म सरोकारवालाले वेवास्ता गर्दा दुख लाग्छ । यस अधि पनि विराटनगरका युवाहरुले उनीहरुलाई सहयोग गरेको आलमको भनाई छ ।

राष्ट्रिय अपाङ्गता महासंघले आजसम्म खोज खबर नगरेको संजय थापाले जनकारी दिए । उनको अनुसार उनले धेरै पटक राष्ट्रिय अपाङ्गता महासंघका सरोकारवालाहरुसँग सम्पर्क गर्दा समेत वेवास्ता गरेको उनले बताए । संजय थापा शारीरीकरुपमा अपाङ्गता छन् । उनी जोगबनीबाट सामान ल्याउदै व्यापार गर्ने गर्दछन् । लकडाउन घोषणा भएसँगै उनको काम यो समय ठप्प छ ।
उनले भने अलिअलि भएको पैसा खाँदा, नानीहरुको स्कुलको बिल तिर्दा सकियो, समस्यामा परमा परे पछि सिडियो साहेवकोमा गए उहाँले वोसिम दाईको नम्बर दिनुभयो ।

हाल कोरोना भाइरसबाट सर्ने कोभिड १९ रोगको महामारीबाट विश्व आक्रान्त छ । जसको प्रत्यक्ष असर स्वरुप नेपालमा पनि संक्रमितको सख्या दिनानुुदिन बढ्दै गइरहेको छ यसै सन्दर्भमा सरकारले विगत २ महिना अघिदेखि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ ।

युवा नेता वोसिम आलमको नेतृत्वमा विराटनगरमा खाना खुवाउने अभियानले दैनिक चार सय मानिसलाई निःशुल्क खाना खुवाउँदै आइरहेको छ ।

अभियानमा जोडिएका बीस जना युवाहरू बिहान–बेलुकाका लागि दुई समूहमा बाँडिएर निरन्तर खटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर