पूर्वाञ्चल खबर

रोजीरोटीका लागि छिमेकी मुलुक भारत र नेपालका विभिन्न जिल्लाबाट ईट्टा उद्योगमा काम गर्न आएका मजदुरहरु लकडाउनका कारण घर जान पाएका छैनन् । उनीहरुको पारिवारिक आयस्रोत समेत शुन्य भएको छ । उद्योगीहरुले खान र बस्ने व्यवस्था त मिलाईदिएका छन्, तर कति दिनसम्म भन्ने बिषयको जवाफ कसैसँग छैन । भारतीय कामदारसँगै नेपाली कामदारहरु पनि आफ्नो घर फर्कन पाएका छैनन् ।
उनीहरु जस्तै उक्त ईट्टा उद्योगमा कार्यरत अन्य २ सय ४३ जना कामदारहरुको परिस्थिति समान छ । उनीहरुको व्यवस्थापनका लागि आवश्यक पहल तथा प्रयासहरु भईरहेको उद्योगका सञ्चालकहरु बताउँछन् । सरकार र भारतीय राजदुतावासम्म प्रयास जारी रहेको उनीहरुको भनाई छ ।
लकडाउनको ५८ दिनमा हाल औद्योगिक क्षेत्रमा कार्यरत १ चौथाई कामदारहरु रोजगार विहिन भएका छन् ।