AArya
RUMPUM
animated ellipse animated ellipse

इनरुवामा होटल तथा किराना पसलमा अनुगमन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७३, सोमबार १७:०७
3
Shares
सुनसरी, माघ १० / सुनसरी प्रशासनको टोलीले सदरमुकाम इनरुवामा रहेका होटल तथा किराना पसलमा अनुगमन गरेको छ ।
अनुगमनमा क्रममा सडकको दायाँबाँया संचालनमा रहेका अधिकांश होटल संचालकले उपभोक्ता स्वास्थ्य हीत विपरितका खानपिनका सामाग्री बेच्ने गरेको पाइएको छ ।
घरेलु कार्यालयका प्रमुख अर्जुन निरौला संयोजकत्वको टोलीले अधिकांश होटलहरुमा फोहोरयुक्त खानेकुरा बेच्ने गरेको पाएपछि संचालकहरुलाई नियमको परिधीमा रहेर विक्रि वितरण गर्न सचेत गराएको छ ।
म्याद नाघेका पेय पदार्थका साथै बरामद प्रतिवन्धित दावत तेल अनुगमन टोलीले नष्ट गरेको छ । अनुगमनका क्रममा ट्याग विनाका जारको पानी बिक्रिका लागि राखेको फेला परेको थियो ।
अनुगमन टोलीले खानपिनका मामलामा सर्वसाधारणलाई सचेत हुन आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर