प्रलोभनमा धर्म परिवर्तन गर्नु हुँदैन : डा. कोइराला

खबर पूर्वाञ्चल, २७ बैशाख २०८०, बुधबार १८:०७
81
Shares

विराटनगर/ नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताएका छन् ।

मोरङको सुन्दरहरैंचास्थित सलकपुरमा निर्माण भएको पाथिभरा देवीमाताको मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता डा.कोइरालाले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख भएको स्मरण गराए । नेता कोइरालाले भने, “सनातनकालदेखि चलिआएका धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने, राष्ट्रिय जनावर गाई र तेस्रो महत्वपूर्ण कुरा प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन यदि कसैले गरे दण्डनीय हुनेछ भनेर हामीले संविधानमै लेखेका छौं ।”

कोइरालाले डाक्टर पढिसकेपछि धर्मपरिवर्तनका लागि आफूलाई पनि प्रस्ताव आएको सुनाए । उनले सनातन हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भइरहेको समेत बताए । नेता कोइरालाले धर्म, संस्कृति र रीतिरिवाजलाई बचाउन सकेमात्रै मुलुक सभ्य हुने दाबी गरे । “धर्म, संस्कृति र रीतिरिवाज बचाउन नसके सभ्य समाज बन्न सक्दैन,” कोइरालाले थपे, “सभ्य समाज नभई सभ्य र सुसंस्कृति राष्ट्र बन्न सक्दैन ।”

उनले भौतिकवादलाई आध्यात्मिकसित जोडेर जानुको विकल्प नभएको समेत उल्लेख गरे । कार्यक्रममा पूर्वमन्त्री रामकुमार लिम्बू, कोशी प्रदेशका पूर्वसांसद लोकप्रसाद संग्रौला, पण्डित रामकृष्ण उपाध्यायलगायतले सनातन हिन्दू धर्मको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए । ४ कठ्ठा २ धुर जग्गामा करिब १ करोडको लागतमा मन्दिर निर्माण गरिएको हो । मन्दिरस्थलमा बुधबारदेखि जेठ ४ गतेसम्म श्रीमद भागवत नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५