AArya
RUMPUM
animated ellipse animated ellipse

हात्तीको आक्रमणबाट दुईको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७३, सोमबार १६:३६
3
Shares
झापा, माघ १० /झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणमा परी एक बालिकासहित दुई जनाले ज्यान गुमाएपछि स्थानीयबासी शोकमा डुवेका छन् ।
भद्रपुर–२ स्थित रगेडाँडा दक्षिण करेलाचोककी १३ बर्षिया शर्मिला लिम्बु र ४१ बर्षिया पालमाया सुब्बालाई आइतबार जंगली हात्तीले आक्रमण गरी ज्यान लिएको हो । हात्तीले एकै ठाउँका दुई जनाको ज्यान लिएपछि करेलाचोकबासी शोकमा डुवेका छन् ।
भद्रपुर–२ स्थित महेशपुरमा रहेको मायालु वन उपभोक्ता समिति अन्तरगतको वनमा आइतबार ५ जनाको समूह बनाएर घाँस दाउरा लिन गएकाहरु मध्ये २ जनाको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको हो । घाँस दाउरा खोज्ने क्रममा हिजो जंगलमा हात्तीले खेदाएपछि भागदौड मच्चिएको थियो ।

हात्तीले खेदाएपछि अन्य महिलाहरु घर फर्किए पनि २ जना बेलुकासम्म घर नफर्किएपछि खोज्दै जाँदा पालमाया सुब्बालाई मृत अवस्थामा भेटिएको थियो । उनीसँगै गएकी बालिका शर्मिला भने वेपत्ता भएकी थिइन् । वेपत्ता भएपछि बालिका खोज्न सोमबार विहान प्रहरीलाई लिएर वन छिरेका स्थानीयबासीले शर्मिलालाई पनि मृत अवस्थामा भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर