AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ बैशाख २०७७, आईतवार १३:०१
3
Shares
वीरगञ्ज/पर्साको वीरगञ्जका थप दुईजनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका ३ र १६ का ५० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको बताइएको छ ।

कोराना संक्रमिक दुवैजनालाई वीरगञ्जस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारी बताएका छन् । उनका अनुसार कोरोना संक्रमित दुवैको अवस्था सामान्य रहेको छ । आज थपिएका संक्रमितहरुमा एकजना मस्जिदका मलोना हुन् भने एकजना महानगरका सफाई कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर