पूर्वाञ्चल खबर
उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा आज ५५ वर्षिय महिलालाई पोजेटिभ भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । यो सँगै उदयुरमा मात्र कोरोना संक्रमितको संख्या २५ पुगेको छ भने मुलुकभर ४३ जना संक्रमिक भएका छन् ।
हिजो एकैदिन उदयपुरमा ११ जनामा संक्रमण देखिएको थियो भने शुक्रबार १२ र शनिबार एकजनामा संक्रमण देखिएको थियो ।
उदयपुरमा कोरोना पोजेटिभ देखिएका ११ भारतीयसहित २३ जना विराटनगरको कोरोना विशेष अस्पतालमा उपचाररत रहेका छन् ।