AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश २ सरकारद्वारा दोस्रो चरणको राहत प्याकेज घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७७, आईतवार १९:५४
3
Shares
जनकपुर / कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागि प्रदेश नम्बर २ सरकारले दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले लक्षित परिवारको घरमा सोझै राहत पु¥याउने गरी राहत प्याकेजको घोषणा गरेको हो । पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याए पनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको भन्दै प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पु¥याउने योजना बनाएको छ ।

स्थानीय तहले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको सूचीको आधारमा प्रदेश सरकारले जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरिद गरि प्याकेट तयार गरेरै सूचीसहित वडालाई जिम्मा लगाउने र वडाले २४ घण्टा भित्र सम्बन्धित परिवारको जिम्मा लगाउने निर्णय प्रदेश सरकारले गरेको छ ।

बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैया निकासा गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर