पूर्वाञ्चल खबर
छिमेकी राष्ट्र भारतमा कोरोनाको कारण सबैभन्दा बढी १ सय ७८ जनाको ज्यान गएको छ भने अहिलेसम्म ५ हजार ९ सय १६ जनामा संक्रमण देखिएको पुष्टि रहेकोमा ५ सय ६ जना निको भएर घर फर्किएका छन् ।
यसैगरि पाकिस्तानमा ६१ जनाको ज्यान गएको छ भने अहिलेसम्म ४ हजार २ सय ६३ जनासंक्रमण देखिएको पुष्टि रहेकोमा ४ सय ६७ जना निको भएर घर फर्किएका छन् । त्यस्तै बंगलादेश मानवीय क्षतिको संख्या गणनाका हिसाबले तेस्रो स्थानमा छ । बंगलादेशमा कोरोना संक्रमितबाट २० जनाले ज्यान गुमाएका छन भने २ सय १८ जना संक्रमित भेटिएका छन् । ३३ जना निको भएर घर फर्किएका छन् ।
अफगानिस्तानमा भने १३ जनाले ज्यान गुमाएका छन भने ४ सय ४४ जना संक्रमित भटिएको छ । श्रीलङ्कामा भने कोरानाका कारण ७ जनाले ज्यान गुमाएका छन् भने १ सय ८९ संक्रमिक रहेको पुष्टि भएकोमा ४४ जना निको भएर घर फर्किएका छन् ।
माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय हताहती भएको भेटिएका छैन् ।
अहिलेसम्म माल्दिभ्समा १९, नेपालमा ९ र भुटानमा ५ जना संक्रमित भेटिएका छन् । नेपालमा हालसम्म भेटिएका ९ संक्रमितमध्ये १ जनाको उपचार भइ घर फर्केका छन् भने ८ जना उपचाररत रहेका छन् । भुटानमा २ र माल्दिभ्समा १३ जनाको उपचार भइ घर फर्केका छन् ।