पूर्वाञ्चल खबर
कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरेर सरकारले लकडाउनको घोषणा गरेसँगै २० जना यातायात मजदुरहरु अलपत्र गरेका मजदुरहरुलाई दिँउसोको लागी खाजा स्वरुप चिउरा, दालमोड, सेनिटाइजर, मास्कलगाायतका सामाग्री वितरण गरेका छन् ।
युवा व्यवसायी गोपाल काफ्ले, दिपेन मारिक र युवा अभियान्ता पेरिस सुवेदीले अलपत्र परेका यातायात मजदुरहरुलाई आज दिउँसो बसपार्कमा पुगेर सहयोग गरेका हुन् । सरकारले लकडाउनको घोषणा गरेको आज १३ औं दिन बितिसक्दा पनि प्रदेश सरकार साथै सरोकारवालाले खोजिनिन्दा नगरेको सगरमाथा यातायातका सहचालक युद्ध भण्डरीको गुनासो गरे । उनी भन्छन् राती बसमा सुत्दा झुल छैन लामखुटेले टोकेर निदाउन दिँदैन अण्डाको क्यारेटको खोल डराएर सुत्ने गर्दछौ ।
बिहान र बेलुका दुई छाक भात खाएर दिनभर भोको पेटले दैनिकी चलिरहेको अवस्थामा दाईहरुले सहयोग गर्नुभयो धेरै ठुलो धर्म गर्नुभयो भण्डारीले भने । अहिले कोरोना भाईरस संक्रमणका कारण विश्व नै महामारीको अवस्थामा छ प्रदेश सरकारले यो घडीमा अलपत्र परेका मजदुरलाई उद्धार गर्न जरुरी रहेको सुवेदीले बताए । त्यसो त भिडभाडमा नजानु, सामाजिक दुरी कायम राख्नु कोरोना भाइरस संक्रमणको उच्च जोखिमबाट जोगिने उपाय भए पनि १२ दिन देखि ती अलपत्र परेका यातायात मजदुरहरु बसमा रात बिताउने गरेका छन् ।