RUMPUM
animated ellipse animated ellipse

मागेर जिविका धान्ने अति विपन्नलाई खाना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ चैत्र २०७६, सोमबार १९:०३
3
Shares

विराटनगर / विराटनगरका सडक ,पेटीमा मागेर जिविका धान्ने तथा अति विपन्नहरुलाई आज खाना ख्वाइएको छ ।

विराटनगर महानगरपालिका र श्रीश्याम परिवार विराटनगरको प्रयासमा उनीहरुलाई खाना ख्वाइएको हो । विराटनगरका कोशी अस्पताल छेउ ,कालिमन्दिर र हनुमानदास रोडमै आश्रित रहेकाहरुलाई बाटामै खानाको ब्यबस्था गरिएको थियो । बाटोमा जहाँ ,जहाँ मानिसहरु छन् त्यहाँ पुगेर खाना ख्वाउने प्रयास गरिएको श्रीश्याम परिवारका सचिव राकेश बंशलले जानकारी दिए ।

सडकमा मागेर गुजारा गर्ने साथै बिपन्न २ सय ६० जना मानिसले भोजन गरेका छन् । श्री श्याम परिवारको मुख्य संयोजनमा हुने यो कार्यक्रमले निरन्तरता पाउने र महानगरको समेत सहयोग गर्ने मेयर भीम पराजुलीले जानकारी दिए । खाना ख्वाउने कार्यक्रममा आफै सहभागी भएका मेयर पराजुलीले शुरक्षामा खटिएका प्रहरीलाई माक्स र सेनेटाइजर समेत बितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर