AArya
RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्री ओली अस्पताल भर्ना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०७६, शुक्रबार ०९:३५
3
Shares
फाइल तस्वीर

विराटनगर/प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राति अस्पताल भर्ना गरिएको छ ।

त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्रीलाई भर्ना गरिएको हो ।

शरीरमा केही असहजता भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको र उहाँको मुटुको चालमा एकरुपता नदेखिने बाहेक अन्य अवस्था सामान्य रहेको बताइएको छ । बिहानसम्म भने मुटुको चाल पनि सामान्य भइसकेको बताइएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि छ महिनासम्म आराम गर्न चिकित्सकहरुले सुझाव दिएपनि प्रधानमन्त्रीले त्यसलाई अवज्ञा गर्नुभएको थियो । उहाँले यस बिचमा पनि निकै धपेडी गर्नुभएको थियो । जसले गर्दा प्रधानमन्त्रीमा केही समस्या देखिएको अनुमान गरिएको छ ।

दुई दिन अघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली झण्डै ४ घण्टा बस्नुभएको थियो । प्रधानमन्त्री ओलीको फागुन २१ गते दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर