पूर्वाञ्चल खबर
कोरोनासम्बन्धी उच्चस्तरीय समितिको आज बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
उक्त समयभित्र कसैलाई पनि घरबाट बाहिर निस्कन दिइनेछैन । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन । उक्त समयमा यातायात तथा आन्तरिक उडानहरु समेत पनि बन्द रहनेछन् ।
अत्यावश्यक सेवाका आवश्यक कर्मचारी मात्रै कार्यालय उपस्थित हुनुपर्ने र बाँकीलाई बिदा दिइने उनले बताए ।