AArya
RUMPUM
animated ellipse animated ellipse

सरकारको निर्णयलाई चुनौती दिँदै उपेन्द्र यादवले गरे प्रशिक्षण कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ चैत्र २०७६, आईतवार १३:२५
3
Shares

लहान / पूर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारको निर्णयको वेवास्ता गरी तीन दिने सिरहाको गोलबजारमा सयौंको संख्यामा उपस्थित गराई भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

विश्वभर कोरोना भाइरसले महामारीको रुप लिएपछि सरकारले कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरी २५ जनाभन्दावढी एकैठाउँमा भेला नहुन निर्देशन दिए पनि संघिय समावादी पार्टीका अध्यक्षसमेत रहेका यादवले सरकारको निर्णयलाई चुनौती दिँदै गोलबजारमा कार्यकर्ता भेलाको आयोजना गरेका हुन् ।

कोरोनाले विश्वभारी माहामारीको रुप लिएपछि राज्यले अदालगत, एसईईसहित सम्पूर्ण परीक्षा, विद्यालय, कलेज बन्द गराई एकैठाउँमा २५ जनाभन्दा भेला नहुन भनेपनि समाजवादी पार्टी नेपाल सिरहाले गोलबजारमा जिल्ला अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

भेलामा संघिय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, उपसचिव प्रकाश अधिकारी, केन्द्रीय सदस्य रामरिझन यादव, अशेश्वर यादव, सत्रुधनप्रसाद सिंह कोईरीलगायतका नेताहरु भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागीता रहेका थिए ।

भेलामा जिल्लाका दुई सय भन्दा बढी नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यस सम्वन्धिमा प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले भेला तथा प्रशिक्षणका विषयमा आफूलाई कुनै जानकारी नभएको धारणा राखेका छन् ।

जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा भईरहेको कार्यक्रममा जिल्लाभरीका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको एक जिल्ला नेताले जानकारी दिए । उनले आफ्नो पार्टीको आन्तरिक कार्यक्रम भएको सुनाए ।

विश्व स्वास्थ्य संगठनले नेपाल लगायत दक्षिण यसिया कोरोनाको उच्च जोखिममा रहेको बताएपछि नेपालले सतर्कता अपनाउन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर