RUMPUM
animated ellipse animated ellipse

औषधी व्यवसायी संघ मोरङद्धारा १ हजार माक्स वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७६, बुधबार २०:१३
3
Shares

विराटनगर / नेपाल औषधी व्यवसायी संघ मोरङले आज विराटनगरमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण सम्बन्धी सचेतनामुलक कार्यक्रम तथा त्यसबाट बच्ने सामाग्री वितरण गरेको छ ।

संघले विराटनगरको ट्राफिक चौकमा सर्वसाधारणलाई भाइरसबाट जोगिन माक्स लगाउने गर्नुपर्छ भन्ने सचेतना जगाउँदै उनीहरुलाई १ हजार थान माक्स वितरण गरेको छ । सोहि अवसरमा संघले भाइरसको संक्रमण सबैभन्दावढी हातमा हुने भन्दै सर्वसाधारणलाई हातलाई भाइरसबाट मुक्त राख्न सेनिटाइजर लगाउनुपर्छ भन्दै सेनिटाइजर लगाइदियो । त्यसका साथै कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने तरिका र संक्रमण भयो भनेपनि अपनाउनु पर्ने तरिकासम्बन्धी पर्चा छापेर वितरण गरेको छ ।

उक्त अवसरमा संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल, महासचिव दिनेश ठाकुर, सचिव हरि रेग्मी, कोषाध्यक्ष विजयकुमार राजवंशी , जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक राकेश पोद्धारलगायतले सर्वसाधारणलाई सेनिटाइजर हातमा लगाइदिने , माक्स र पर्चा वितरण गरेका थिए ।

कोरोना भाइरस सम्बन्धी सचेतना तथा सामाग्री वितरण कार्यक्रममा सहभागी कोशी अस्पताल विराटनगरका फिजिसियन डा.लक्ष्मीनारायण यादवले कोरोना भाइरसको संक्रमणबाट कसरी आफु , परिवार र समाजलाई जोगाउने भन्ने विषयमा जानकारी गराएका थिए । संघले पुनः यस किसिमको चेतनामुलक तथा माक्स वितरण तथा सेनिटाइजर लगाउने कार्यक्रम गर्ने उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । कार्यक्रममा माक्स लिन सर्वसाधारणहरुको घुईंचो लागेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर