खबर पूर्वाञ्चल
मोरङ प्रहरीबाट खटिएको प्रहरीले मोरङको कटहरी गाउँपालिका – ४ बस्ने ३५ वर्षिय किरण साह र सोही ठाउँमा बस्ने ३२ वर्षिय सजिर सेखलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
किरण साहको घरमा लागू औषध विक्रि वितरण भइरहेको विशेष सूचान पाएपछि प्रहरीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले प्लाष्टिकको झोलामा लागू औषध ३ सय १० ग्राम गाजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका निज सजिर सेखको जिउँ शरीर तलासी लिँदा १ सय ६० मिलीग्राम ब्राउन सुगरसहित बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई म्यात थप गरि अनुसन्धान गर्दै आएको मोरङ प्रहरीले जनाएको छ ।