AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना भाइरस सङ्क्रमणको आशंका गरिएका झापाका विरामीमा फ्लू निमोनिया

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ चैत्र २०७६, आईतवार २१:२०
3
Shares

विराटनगर / झापाबाट कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं लगिएका विरामीमा फ्लू देखिएको ग्राण्डी अस्पतालले जनाएको छ ।

भद्रपुर निवासी एक पुरुषले विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका उपचार गर्दा प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशंकामा रिफर गरि काठमाडौं पठाइएको थियो । कोरोनाको आशंकामा उनको थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

फ्लूका कारण निमोनिया समेत भएका ती विरामीको आइसीयूमा राखेर उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ । उक्त विरामीको फ्ल्लगायत अन्य संक्रमणको सम्पूर्ण जाँच गराइएको छ भने सोमबारसम्ममा रिपोर्ट आइसक्ने ग्राण्डीका बरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डेले बताए ।

कोरोनाको परिक्षणका लागि विरामीको स्याम्पलहरु टेकुस्थित प्रयोगशालामा पनि पठाइएको डा. पाण्डेले जानकारी दिए ।

ग्राण्डी अस्पतालमा कोरोनासँग जुध्न विभिन्न सुरक्षा सर्तकता अपनाइएको उनले बताए । प्रत्येक विरामीको ज्वरो नाप्नेलगायतको प्रक्रिया पुरा गरिएको र शंका लागेका विरामीलाई बाहिरै आइसोलेशनमा राख्नेलगायतका विधि अपनाइएको उनले बताए ।

झापाबाट ल्याइएको विरामीमा मौसमी फ्लू भएर उनलाई निमोनिया भएकाले आइसियूमा राखिएको उनले सुनाए । यद्यपी कोरोनाको परिक्षण गर्न विशेषज्ञ डाक्टरको टोली खटाई परिक्षणका लागि टेकु पठाइएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर