पूर्वाञ्चल खबर
विराटनगरको आरके चिल्ड्रेन अस्पतालका सञ्चालक डा. सुवोध शर्मा र सुनिल शर्माले करिब ७० करोड लगानीमा निर्माण भएको आधुनिक सुविधासहित आर.के. सिटी सेन्टरको सञ्चालकद्वयका ६५ वर्षिय आमा सावीत्रीदेवीले गत शुक्रबार औपचारिक रूपमा उद्घाटन गरेको सेन्टरमा उपभोक्ताको घुइचो लागेको हो ।
आरके सिटी सेन्टर सञ्चालमा आएको अवसरमा विभिन्न छुटसहितको योजना अगाडि ल्याएपछि उपभोक्ताको भीड लागेको सेन्टरका प्रबन्ध निर्देशक राजेश प्रसाईंले जानकारी दिए । उनका अनुसार सेन्टरमा अहिले दैनिक २४÷२५ लाख रूपैयाँसम्मको कारोबार हुने गरेको छ ।
दैनिक हजारौंको संख्यामा सेन्टरमा उपभोक्ताहरू आउने गरेका छन् । सबैभन्दा बढी शुभराम्भ भएको दिन उपभोक्ताको भिड लागेको थियो । सेन्टरले कपडा खरिदमा १५ प्रतिशत छुटसहित थप स्किम दिएकोले कपडाको कारोबार उच्च रहेको सेन्ठरले जनाएको छ । यस्तै खाद्यान्नको पनि बिक्री राम्रो रहेको सेन्टरले जानकारी दिएको छ ।
आरके सिटी सेन्टरमा घरयासी उपभोग्य बस्तुदेखि बालवालिकालाई खेलाउने सामाग्री र स्वीमिङ्ग पुलसमेत रहेको छ । स्वीमिङ्ग पुल रूप टप एकाई बारसहितको रहेको छ । सेन्टरको भुइँतला र पहिलो तलामा ग्रोसरी आइटम, दोस्रो तलामा ‘सस्तो बजार’, तेस्रो तलामा ब्रान्डेड सामान, चौथो तलामा कस्मेटिक र होम डेकोर, पाँचौं तलामा जिम, जुम्बा र प्ले जोन तथा छैटौं र सातौं तलामा सिनेमा हल र स्विमिङ पुल रहेको छ ।