AArya
RUMPUM
animated ellipse animated ellipse

१२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रंगेलीमा सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०७६, शुक्रबार २०:५४
3
Shares

केशब न्यौपाने
रंगेली । रंगेली नगरपालिकाले १२ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु गरेको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज उद्घाटन भएको हो । नगरपालिका भित्र रहेका सामुदायिक विधालय र निजि विधालयलाई समावेश गरेर सामुदायीक विधालयबाट १२ र निजि विद्यालयबाट ७ विधालयका कक्षा ९ देखि १२ सम्मका का छात्र तथा छात्रा हरुको खेलकुद प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन खेलका प्रमुख अतिथि क्षेत्र नम्बर ५ का सभासद शिवकुमार मण्डल र नगरपालिकाका मेयर दिलिप बगडिया, कार्यकारी अधिकृत टोमप्रसाद सुवेदी वडा अध्यक्ष रामचन्द्र मण्डल तथा विभिन्न बिधालयका शिक्षकहरु को समेत उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि मण्डलले सिटी वजाएर १५ सय मिटर दौडको उद्घाटन गरेका थिए ।

प्रतियोगितामा दौड, कवडी,भलिबल , सटफुट , हाईजम्पलगायत विभिन्न खेल समावेश गरेको छ ।

सम्पूर्ण खेल जनता क्याम्पसको खेल मैदानमा हुने भएको छ । फागुन १८ गते सम्म सञ्चालन हुने भएको छ । खेलमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद, सिल्ड र प्रमाणपत्र समेत वितरण गरिने शिक्षा शाखा प्रमुख रविन्द्रकुमार पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर