पूर्वाञ्चल खबर
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसिनवारीस्थित मोरङ पब्लिक स्कूलले १८ औं वर्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ ।
स्कूल परिसरमा आज एक कार्यक्रम आयोजना गरि वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको हो ।
कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले साँस्कृतिक भेषभूषामा सजिएर नृत्य, गायन प्रस्तुत गरि सहभागि भएका अतिथि तथा अभिभावकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । सोही अवसरमा विद्यार्थीहरूले बनाएको चित्रकला तथा विज्ञानसँग सम्बन्धित विभिन्न बस्तुहरू पनि प्रदर्शनीमा राखे ।
विद्यार्थीहरूले प्रर्दशनीमा राखेको बस्तुको अवलोकन अभिभावक र सहभागि भएका अतिथिहरूले गरे ।
कार्यक्रममा बोल्दै बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन्द माझीले प्रविधिको उचतम प्रयोग गरि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले अबको आवश्यकता जीवन उपमुखी शिक्षा भएकोले यसतर्फ विद्यालयले शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्याब्सन मोरङका सचिव प्रेमलालसिंह सुवालले विद्यार्थीहरूलाई शिप र संस्कारसहितको शिक्षा प्रदान गरिनुपर्ने बताए । यस्तै मोरङ पब्लिक स्कूलका प्रधानध्यापक नगेन्द्रप्रसाद ढकालले गुणस्तरीय शिक्षा प्रदान गर्न स्कूल कठिबद्ध भएर लागि परेको बताए । उनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सँगै अक्तिरक्त क्रियाकलापमा पनि समावेश गरि स्कूल अगाडी बढेको बताए ।