RUMPUM
animated ellipse animated ellipse

राष्ट्रपति भण्डारीलाई दार्चुलामा नागरिक अभिनन्दन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ फाल्गुन २०७६, बिहीबार १९:१८
3
Shares
फाइल तस्वीर

दार्चुला / राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुदूरपश्चिमको दार्चुलास्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा नागरिक अभिनन्दन गरिएको छ ।

मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुनमा उनलाई पहिलो पटक अभिनन्दन गरिएको छ । राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीलगायतले स्वागत गरे । राष्ट्रको सातौँ धामका रूपमा रहेको मालिकार्जुन मन्दिरमा राष्ट्रपति भण्डारीले विशेष पूजापाठ गर्नु भएको छ ।

मालिकार्जुन मन्दिर सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तीर्थस्थल हो । शैल्यशिखर मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमामा पर्छ । राष्ट्रपतिको भ्रमणका अवसरमा ती दुई स्थानीत तहले आज बिदासमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर